गृहपृष्ठ  >  भर्नाको बारेमा

बिद्यार्थी भर्ना सम्बन्धि जानकारी

भर्ना प्रक्रिया

प्रक्रियाएडभान्स २
बर्षीय कोर्ष
एडभान्स १ बर्ष
९ महिने कोर्ष
एडभान्स १ बर्ष
६ महिने कोर्ष
एडभान्स १ बर्ष
३ महिने कोर्ष
भर्ना फारम बुझाउने र छनौट शुल्क बुझाउनेसेप्टेम्बर देखि नोभेम्बर पहिलो हप्ताजनवरी देखि मार्च पहिलो हप्ताअप्रिल देखि मे पहिलो हप्ताजुलाई देखि सेप्टेम्बर पहिलो हप्ता
भर्ना छनौटआबेदन फर्म पाए पश्चात कागजपत्र जाँच तथा अन्तरवार्ता
छनौट परिक्षाको परिणाम
कलेजले जापानको अध्यागमन बिभागमा सर्टिफिकैट अफ ईलिजिबिलिटिकौ लागि निबेदन दिने डिसेम्बर पहिलो हप्तामार्च अन्तिम हप्ताजुन पहिलो हप्तासेप्टेम्बर अन्तिम हप्ता
जापानको अध्यागमन बिभागबाट सर्टिफिकेट अफ ईलिजिबिलिटि आउने र बिद्यार्थीलाई खवर गर्नेफेब्रुअरी अन्तिम हप्तामे अन्तिम हप्ताअगष्ट अन्तिम हप्तानोभेम्बर अन्तिम हप्ता
भर्ना शुल्क तथा अध्ययन शुल्क पठाउनेमार्च पहिलो हप्ताजुन पहिलो हप्तासेप्टेम्बर पहिलो हप्ताडिसेम्बर पहिलो हप्ता
भर्ना हुनको लागि भर्ना अनुमति पत्र र सर्टिफिकेट अफ ईलिजिबिलिटि पठाउनेअध्ययन शुल्क कलेजको खातामा जम्मा भए पश्चात तुरुन्त
सम्बन्धित देशमा अवस्थित जापानी राजदुताबासमा भिषाको लागि आवेदन दिनेमार्चको अन्त्य सम्मजुनको अन्त्य सम्मसेप्टेम्बरको अन्त्य सम्मडिसेम्बरको अन्त्य सम्म
भिषा लिने, प्लेनको टिकट काटने
जापान आउनेअप्रिलजुलाईअक्टोबरजनवरी

भर्ना प्रक्रिया

१) भर्नाको लागि योग्यता

१) १२ बर्षको औपचारिक शिक्षा पूरा गरेको बिद्यार्थी ।
२) दरखास्त दिंदा सम्ममा १५० घण्टा भन्दा बढि जापानी भाषा अध्ययन गरि सकेको बिद्यार्थी ।
३) जापानमा आई पढने उपयुक्त र स्पष्ट कारण भएको बिद्यार्थी ।
४) जापानीज ल्याङग्वेज प्रोफिसिएन्सी टेष्ट (JLPT) एन ५ लेभल भन्दा बढि या सो बराबरको नेपालमा संचालन गरिने नाट टेष्ट (NAT), टप जे वा जे टेष्ट (J-TEST) उत्तीर्ण गरेको बिद्यार्थी (१२ कक्षा उत्तीर्ण गरेका बिद्यार्थीका लागि उत्तीर्ण प्रमाणपत्र अनिवार्य, स्नातक वा त्यस माथिका बिद्यार्थीहरुका लागि यस्ता टेष्ट पास गरेका लाई प्राथमिकता दिइने छ ।)
५) आर्थिक रुपमा सम्पन्न, नियमित आय भएको, जापानको अध्ययन, छात्रावास एवं अन्य शुल्क बेहोर्न सक्ने स्पोन्सर भएका बिद्यार्थी ।
६) १२ कक्षा उत्तीर्ण बिद्यार्थीहरुका लागि उमेर २० बर्ष र स्नातक उत्तीर्ण बिद्यार्थीको उमेर २७ बर्ष ननाघेको बिद्यार्थी, साथै स्कुल कलेजमा लामो समय अनियमित नभएका बिद्यार्थी तथा पछिल्लो तह उत्तीर्ण गरि शैक्षिक रुपमा लामो समय खाली नभएको बिद्यार्थी ।
७) जापान र कलेजको नियम अक्षरस पालना गर्न सक्ने बिद्यार्थी । (यस कलेजमा १ बर्षको अध्ययन शुल्क, ६ महिनाको होस्टेल शुल्क जापान आउनु अघि अग्रिम रुपमा बुझाउन पर्ने हुन्छ । त्यस्तै जापान आएको ३ महिना सम्म पार्ट टाईम जब गर्न पाईदैन ।)
८) सैद्धान्तिक रुपमा कलेजको छात्रावासमा कम्तिमा ६ महिना बस्न मन्जुर हुने बिद्यार्थी ।
९) अबिबाहित बिद्यार्थी ।

२) कोर्ष तथा आवेदन लिने समय

कोर्षको नामभर्ना समयभर्ना आवेदन लिने समय
एडभान्स २ बर्षीय कोर्षअप्रिलअगष्ट देखि नोभेम्बर दोश्रो हप्ता सम्म
एडभान्स १ बर्ष ९ महिने कोर्षजुलाईनोभेम्बर देखि फेब्रुअरी दोश्रो हप्ता सम्म
एडभान्स १ बर्ष ६ महिने कोर्ष अक्टोबर फेब्रुअरी देखि मे दोश्रो हप्ता सम्म
एडभान्स १ बर्ष ३ महिने कोर्ष जनवरी मे देखि अगष्ट दोश्रो हप्ता सम्म

PAGE TOP

३) आवश्यक कागजपत्र

आवेदक बिद्यार्थीले पेश गर्नु पर्ने कागजपत्रहरु

  • Application For Admission PDF(326KB)  WORD(30.5KB)
  • Personal Record PDF(330KB)  WORD(31.3KB)
  • Declaration PDF(76.9KB)  WORD(29.0KB)
  • औपचारिक शिक्षाको पछिल्लो लेभलको चारित्रिक प्रमाणपत्रको सक्कल
  • औपचारिक शिक्षाको पछिल्लो लेभलको ट्रान्सक्रिप्ट वा मार्कशिट को सक्कल
  • जापानीज ल्याङग्वेज प्रोफिसिएन्सी टेष्टको ५ लेभल बराबर जापानी भाषा अध्ययन गरेको वा गरिरहेको प्रमाणपत्र
  • पासपोर्टको अगाडी र पछाडी पन्नाको नक्कल, पहिले जापानमा आएको भए त्यसको सम्पुर्ण नक्कल प्रति
  • आबेदन दिने मितिबाट ३ महिना सम्म अघिको पासपोर्ट साईज ४* ३ सेमी साईज फोटो ८ प्रति
  • यदि आवेदक कहिं काम गरेको वा गरिरहेको भएमा काम गरेको प्रमाणपत्र
  • नागरिकता प्रमाणपत्रको नक्कल

६ बर्ष भन्दा कममा उमेरमा बिद्यालय भर्ना भएका बिद्यार्थीको हकमा शुरु देखि अन्त्यको लेभल सम्मको सम्पुर्ण चारित्रिक र ट्रान्सक्रिप्ट प्रमाणपत्रहरु पेश गर्नुपर्ने हुन्छ ।
पहिलो चौथो र पाँचौ बँुदाका कागजपत्रहरुको जापानी भाषा अनुबाद आवश्यक छ ।

बिद्यार्थीको खर्च ब्यहोर्ने ब्यक्ति स्पोन्सर ले पेश गर्नुपर्ने कागजपत्रहरु

क) स्पोन्सर जापानमा नभएको खण्डमा

  • Letter of Support PDF(76.5KB)  WORD(29.5KB)
  • Letter of Guarentee PDF(85.8KB)  WORD(30.5KB)
  • आवेदक बिद्यार्थीसंगको सम्बन्ध खुल्ने प्रमाणपत्र (नाता प्रमाणित प्रमाणपत्र)
  • बैंक ब्यालेन्स सर्टिफिकेट (ट्रान्जाक्सन सहित)
  • ब्यावसायको प्रमाणपत्र (संस्था संचालक भए सो संस्थाको दर्ता प्रमाणपत्र, कतै कार्यरत भएमा त्यहाँबाटको प्रमाणपत्र)
  • नगरिकता प्रमाणपत्रको नक्कल
  • गएको ३ बर्षको बार्षिक आम्दानीको बिबरण (संस्था संचालक वा शेयरहोल्डर भएको खण्डमा गएको ३ बर्षको आम्दानी खुल्ने प्रमाण पत्र र करचुक्ता प्रमाणपत्र)
    कर चुक्ता प्रमाणपत्र

ख) स्पोन्सर जापानमा रहेको खण्डमा

  • Letter of Support PDF(76.5KB)  WORD(29.5KB)
  • Letter of Guarentee PDF(85.8KB)  WORD(30.5KB)
  • आवेदक बिद्यार्थीसंगको सम्बन्ध खुल्ने प्रमाणपत्र (नाता प्रमाणित प्रमाणपत्र)
  • बैंक ब्यालेन्स सर्टिफिकेट (ट्रान्जाक्सन सहित)
  • ब्याबसाय, काम गरिरहेको प्रमाणपत्र
  • रेसिडेन्ट कार्ड वा एलियन कार्डको नक्कल
  • गएको ३ बर्षको कर चुक्ता प्रमाणपत्र

ग) स्पोन्सर आफै भएको खण्डमा

  • आवेदक संग नाता खोल्ने नाता प्रमाणित प्रमाणपत्र
  • आवेदक आफनै नामको खाताको बैंक ब्यालेन्स सर्टिफिकेट
  • आवेदकको ब्यबसाय, काम गरेको प्रमाणपत्र, बार्षिक आम्दानीको प्रमाणपत्र

PAGE TOP

४) छनौट शुल्क

छनौट शुल्क२०,००० येन

कागजपत्र कलेजमा पेश गर्ने समयमा छनौट शुल्क तिर्नु पर्दछ । छनौट शुल्क फिर्ता नहुने रकम हो ।

५) भर्नाको लागि आबेदन दिने ठेगाना"

Japanese Language School Affiliated With Chuo College Of Technology
1-4-8, Higashi Tabata, Kita-Ku, Tokyo, Japan
114-0013

※आवेदन फारम सहितको कागजपत्र EMS, OCS, DHL, FEDEX आदि द्वारा पठाउनु पर्दछ ।
आवश्यक कागजपत्रहरु सवै प्राप्त नभएमा भर्ना लिन असमर्थ हुनेछौ ।

६) छनौट तरिका

लिखित परिक्षा१) जापानी
२) निबन्ध (जापानी वा आफनो भाषामा
अन्तरवार्तास्पोन्सरको साथमा

७) कोर्ष अनुसार अध्ययन शुल्क

कोर्षकिस्ताभर्ना शुल्कअध्ययन शुल्कसुबिधा शुल्क सामाग्री शुल्क शैक्षिक गतिबिधी शुल्क बिबिध शुल्क

जम्मा शुल्क

(येनमा)
२ बर्षीय बिश्वबिद्यालय तयारी कोर्षपहिलो५०,०००६००,०००३०,००० १५,००० १५,००० १०,०००७२०,०००
दोश्रो ६००,०००३०,००० १५,००० १०,००० १०,०००६६५,०००
जम्मा५०,०००१,२००,०००६०,००० ३०,००० २५,००० २०,०००१,३८५,०००
१ बर्ष ९महिने बिश्वबिद्यालय तयारी कोर्ष पहिलो ५०,००० ६००,००० ३०,००० १५,००० १५,००० १०,००० ७२०,०००
दोश्रो   ४५०,००० २५,५०० १५,००० १०,००० ७,५०० ५०५,०००
जम्मा ५०,००० १,०५०,००० ५५,५०० ३०,००० २५,००० १७,५०० १,२२८,०००
१ बर्ष ६ महिने बिश्वबिद्यालय तयारी कोर्ष पहिलो ५०,००० ६००,००० ३०,००० १५,००० १५,००० १०,००० ७२०,०००
दोश्रो   ३००,००० १५,००० १०,००० ५,००० ५,००० ३३५,०००
जम्मा ५०,००० ९००,००० ४५,००० २५,००० २०,००० १५,००० १,०५५,०००
१ बर्ष ३ महिने बिश्वबिद्यालय तयारी कोर्षपहिलो५०,०००६००,०००३०,००० १५,००० १५,००० १०,०००७२०,०००
दोश्रो  १५०,००० ७,५०० १०,००० ५,००० २,५०० १७५,०००
जम्मा५०,००० ७५०,००० ३७,५०० २५,००० २०,००० १२,५०० ८९५,०००

(単位:円)

अध्ययन शुल्क लगायतको सम्पुर्ण शुल्क पठाई सके पछि सर्टिफिकेट अफ ईलिबिजिलिटि आवेदक लाई पठाइन्छ ।
जापानमा बस्ने खाने खर्च वा लिभिङ्ग कस्ट तथा अध्ययन खर्च अलावा चाहिने खर्चहरु समय समयमा पठाई राख्नु पर्ने हुन्छ । अध्ययन पश्चात रेसिडेन्ट स्टाटसको परिवर्तन, भिषाको म्याद थप आदिका लागि पनि सम्बन्धित देशबाट पैसा पठाइएको बिबरण आवश्यक पर्दछ ।
पठाइएको अध्ययन शुल्क साधारणतया फिर्ता हुदैन तर जापान आउन असमर्थ भएको उपयुक्त कारण भएको खण्डमा कलेज संग परामर्श गर्नु पर्दछ ।

अल्पकालीन कोर्ष

जापानको रहनसहन संग सम्बन्धि जापानी भाषा सिक्न चाहने ब्यक्ति तथा जापानी भाषाको क्षमता बढाउन चाहने ब्यक्तिहरुका लागि दिइने कोर्ष हो ।

लक्षित ब्यक्तिहरु१) जापानको रेसिडेन्स कार्ड भएका ब्यक्ति, ब्यक्तिगत रुपमा जापानमा आउन लागेका ब्यक्तिहरु
२) जापानी भाषाको अध्ययनमा रुची राख्ने जापानमा बसोबास गरिरहेका ब्यक्तिहरु
(सर्ट टर्म स्टे, वर्किङ्ग होलीडे, डिपेन्डेन्ट भिषा भएका तथा जापानी नागरिकका नातेदारहरु)
कक्षा लेभलबिगिनर्स लेभल, इन्टरमेडियट लेभल, अपर ईन्टरमेडियट लेभल तथा एडभान्स्ड लेभल
अध्ययन अवधीभिषामा उल्लेखित मिति सम्म, १ महिना देखि ३ महिना सम्म, जापानमा बस्ने मिति नबिकरण भएमा अध्ययन अवधि पनि नविकरण हुन सक्छ ।
भर्ना समयअप्रिल, जुलाई, अक्टोवर र जनवरी
(तर यस बाहेकका समयमा पनि अवस्था हेरि भर्ना लिन सकिन्छ । अप्रिल र अक्टोबर बाहेकका समयमा भर्ना हुन चाहने बिद्यार्थीका लागि सर्व प्रथम जापानी भाषाको लेभल टेष्ट गरिन्छ ।)
कक्षा अवधीसोमवार देखि शुक्रवार सम्म (सार्वजनिक बिदा बाहेक) एक दिनमा ४ घण्टा, बिहान ९:०० देखि १२:३० सम्म वा १३:३० देखि १७:०० बजे सम्म
लेभल टेष्ट पश्चात कक्षा निर्धारण गरिने छ ।
शुल्कभर्ना शुल्क २५,००० येन
मासिक अध्ययन शुल्क ५७,५०० येन
उल्लेखित शुल्कमा सामाग्री शुल्क र अन्य क्रियाकलाप शुल्क समावेश गरिएको छैन ।
जापानमा नै बसोवास गरिरहनुभएको ब्यक्तिहरुका लागि बिषेश छुटको ब्यवस्था गरिएको छ ।
आवश्यक कागजपत्र१) यस कलेजको Application For Admission  PDF(70.7KB)  WORD(85.5KB)
२) पासपोर्टको नक्कल
३) पासपोर्ट साईज फोटो २ प्रति (४८*३ सेमी)

PAGE TOP