गृहपृष्ठ  >  यस कलेजको बिषेशताहरु

यस कलेजका बिषेशता, पुर्वाधार र सेवा सुबिधा

एजुकेशन कर्पाेरेशन च्यूओ कलेज अफ टेक्नोलोजी ग्रुप अन्तरगतकौ जापानी भाषा कलेज

यस कलेज एजुकेशनल कर्पाेरेशन च्यूओ कलेज अफ टेक्नोलोजी, एजुकेशनल कर्पाेरेशन च्यूओ कलेज अफ टेक्नोलोजी ओसाका र च्यूओ एनिमल कलेज यस कलेजका भगिनी शैक्षिक प्रतिष्ठानहरु हुन । यस कलेजको अध्ययन पश्चात ईच्छुक बिद्यार्थीहरुले भगिनी शैक्षिक प्रतिष्ठानहरुमा सरल र सहज ढंगबाट भर्ना पाउन सक्नुहुन्छ ।

ग्राजुएट सपोर्ट सिष्टम 

यदि यस कलेजका बिद्यार्थीहरु जापानी भाषाको अध्ययन पश्चात एजुकेशनल कर्पाेरेशन च्यूओ कलेज अफ टेक्नोलोजी ग्रुप अन्र्तगत कुनै कलेजमा अध्ययन गर्र्न चाहने बिद्यार्थंीहरुका लाथि छनौट शुल्क र प्रबेश शुल्क मिनाह गरिएको छ । त्यस्तै अध्ययन शुल्कमा छुटको ब्यवस्था पनि छ । यस कलेजमा कोर्ष पुरा नगरेका बिद्यार्थीहरुका हकमा यो नियम मान्य हुदैन ।

बिद्यार्थीहरुको प्रयोगका लागि २० कम्प्युटर

बिद्यार्थीहरुको प्रयोगका लागि २० कम्प्युटर बिद्यार्थीहरुको प्रयोगका लागि २० कम्प्युटर

यस कलेजको कम्युटर कक्षामा २० वटा कम्प्युटरहरु राखिएको छ । बिद्यार्थीहरुले कक्षा समयका अतिरिक्त ईन्टरनेट ईमेल र कम्प्युटर संग सम्बन्धि सेवा लिन सक्नुहुनेछ ।


बिद्यार्थी प्रोत्साहनका लागि छात्रबृत्ति प्रणाली

उत्कृष्ट कलेज हाजिर हरेक छ छ महिनामा उत्कृष्ट हाजिर भई ढिला नआई बिचमा छोडेर नगई कक्षामा नियमित भएका बिद्यार्थीहरुलाई पुरस्कार दिइनेछ ।
उत्कृष्ट पुरस्कार एक बर्ष भन्दा लामो अवधिको लागि भर्ना हुनु भएका बिद्यार्थीहरु मध्ये बाट एक बर्ष पश्चात उत्कृष्ट पुरस्कार प्रदान गरिन्छ ।
हाजिर प्रतिशत, बानी ब्यहोरा र परिक्षाको परिणामको मुल्याङकन गरी बिद्यार्थी छनौट गरिन्छ । उत्कृष्ट पुरस्कार मार्चमा ग्राजुएट हुने बिद्यार्थीहरुका लागि दिइन्छ ।

PAGE TOP

ब्यबहारिक कार्य अनुभव

ब्यबहारिक कार्य अनुभव  ब्यबहारिक कार्य अनुभव

ब्यबहारिक कार्य अनुभव तथा कलेज भ्रमण गर्दा बिद्यार्थीहरुलाई आफनो भबिष्य क्यारियर छनौट गर्न मद्दत पुग्छ । बिद्यार्थीहरुले आफुलाई लागेका कुरा उक्त समयमा सम्बन्धित भोकेशनल कलेजको शिक्षक शिक्षिकाहरु संग खुलस्त भई कुराकानी गर्न सक्नुहुन्छ ।


उच्च अध्ययनका लागि परामर्श 

बिश्वबिद्यालय तथा टेक्निकल कलेजहरुमा भर्ना हुन चाहने बिद्यार्थीहरुका लागि उच्च अध्ययनको परामर्र्श दिइनुका साथै कक्षा शिक्षक शिक्षिकाले ब्यक्तिगत तवरबाट प्रत्येक बिद्यार्थीलाई आवश्यक जानकारी प्रदान गरी उच्च अध्ययनका लागि पूर्ण सहायता गर्नु हुन्छ ।
बिस्तृत कोर्ष बिबरणका लागि यहाँ थिच्नुहोस ।

進路指導 進路指導

दैनिक बातावरण, बिद्यार्थी छात्रावास

यस कलेजका बिद्यार्थीहरु बस्ने छात्रावासहरु, ओजी (पुरुष), सिमो (महिला) र ओमिया (संयुक्त) छात्रावासका हलहरुमा वाईफाई मार्फत ईन्टरनेट चलाउन मिल्ने ब्यवस्था गरिएको छ ।

छात्रावासको लागि यहाँ थिच्नुहोस ।

PAGE TOP

खारुईजावा प्रशिक्षण केन्द्र

सुन्दर प्राकृतिक बाताबरणको बिचमा जापानको परम्परा र संस्कृति सिक्नको लागि यस प्रशिक्षण केन्द्रले अत्यन्तै उपयुक्त भुमिका खेल्दै आईरहेको छ । यस प्रशिक्षण केन्द्रले बिद्यार्थीहरुको मानबीय, ब्यक्तित्व बिकासको अभ्यासमा बिशेष जोड दिंदै आएको छ । यहाँ जापानको चार वटै रितुको सुन्दर बाताबरणको प्रत्यक्ष अनुभव गर्दै आवासिय सुबिधा उपयोग गरी प्रशिक्षण प्राप्त गर्न सकिन्छ ।
यहाँ चित्रकला, मुर्तिकला तथा सेरामिकका सामाग्रीहरु संकलन गरि राखिएको मिनामीगाओखा संग्राहलय, जापानको परम्परागत नृत्य, बाद्यबादन संगित तथा नाटक लगायतका जापानका मौलिक कलाको अनुभव गर्न सकिने रंगमंच सेन्गाताकि रहनुका साथै जापानको चिया उत्सब मनाउने टि सेरेमोनि हलका साथै पर्याप्त खुला चौर पनि रहेको छ ।
यहाँ बिद्यार्थीहरुले आफना साथी भाईहरु संग आ आफनो भबिष्यको बारेमा आफनो भावनाको साटासाट गर्नुका साथै प्रकृति, कला र जापानी परम्परागत संस्कृतिलाई नजिकबाट नियाल्न पाउने सुबर्ण अबसर पनि हुन सक्छ । यस खारुईजावा प्रशिक्षण केन्द्रमा संचालन गरिने १ रात २ दिनको प्रशिक्षण कार्यक्रमको दौरानमा सामुहिक रहनसहनबाट सामाजिक नियम र मान्यताहरु, आफनो सहकर्मी, सहपाठी साथीहरु संग काम गर्दाको महत्व, रमाईलोपनको अनुभव गर्दै तपाईं पनि यो बाताबरणको अनुभव गर्नुहोस ।




軽井沢研修所

फराकिलो बहुउद्देश्यीय हल तथा अडियो भिडियोको सुबिधाका साथै टि सेरेमोनि, जापानी नृत्य, नो को अनुभव गर्न सकिने स्थान उपलब्ध छ ।

PAGE TOP

कलेज सम्मको एक्सेस

यस कलेज सम्म आउन जानको लागि जेआर केईहिन तोहोकु लाईन र यामानोते लाईन रोकिने ताबाता स्टेशनबाट हिंडेर ५ मिनेट लाग्छ । टोक्यो वरपरका ईलाकामा जान आउनको लागि अत्यन्त सुबिधाजनक स्थानमा यस कलेज रहेको छ । टोक्यो स्टेशनबाट १० मिनेट, सिन्ज्युकु बाट १७ मिनेटमा, नारिता एयरपोर्टबाट ३९ मिनेटमा, हानेदा एयरपोर्टबाट ४० मिनेटमा यस कलेजमा पुग्न सकिन्छ । त्यस्तै सिबुया, ओदाइबा जस्ता ठाँउहरुमा पनि छोटो समयमा आउन जान सकिन्छ ।

  • टोक्यो स्टेशनबाट करिब १० मिनेट
  • सिन्ज्युकु स्टेशनबाट करिब १७ मिनेट
  • नारिता एयरपोर्टबाट करिब ३९ मिनेट
  • हानेदा एयरपोर्टबाट करिब ४० मिनेट

एक्सेस म्याप


टोक्यो मेट्रोपोलिटन गभर्नरबाट मिसिलेनियस क्याटोगोरीको मान्यता प्राप्त गरेको कलेज

यस कलेजको स्थापना, सुबिधाहरु र पाठयक्रमको अध्ययन पश्चात टोक्यो मेट्रोपोलिटन गभर्नरबाट मिसिलेनियस क्याटोगोरीको मान्यता प्राप्त गरेको छ ।

एसोसियसन फर द प्रोमोशन अफ जापानीज ल्याङग्वेजबाट मान्यता प्राप्त गरेको कलेज

यस कलेजको स्थापना, सुबिधाहरु र पाठयक्रमको अध्ययन पश्चात एसोसियसन फर द प्रोमोशन अफ जापानीज ल्याङग्वेजबाट मिसिलेनियस क्याटोगोरीको मान्यता प्राप्त गरेको छ ।

अनलिमिटेड ट्रेन पास (तेइकिकेन) को प्रयोग गर्न सकिन्छ ।

अनलिमिटेड ट्रेन पास (तेइकिकेन) १ महिना, ३ महिना, ६ महिनाको लागि खरिद गरि आफनो बसोबास स्थलबाट नजिक पर्ने स्टेशनबाट कलेज नजिकैको ताबाता स्टेशन सम्म उपयोग गर्न सकिन्छ । (यस्तो अनलिमिटेड ट्रेन पास जेआर ले मान्यता दिएको शैक्षिक संस्थाहरुमा १२ महिना भन्दा बढि तथा ७०० घण्टा भन्दा बढि अध्ययन गर्ने बिद्यार्थीहरुले यो सुबिधा उपभोग गर्न सक्छन ।)

通学定期券


PAGE TOP