गृहपृष्ठ  >  बिद्यार्थी रहनसहनका बारे

दैनिक जीवनी

जापानको बसाई


शहरी क्षेत्रका अपार्टमेन्ट, मान्सनहरुको एक कोठाको मासिक भाडा ६०,००० येन भन्दा माथि हुन्छ ।


टोक्योको शहरी ईलाकामा एक कोठाको अपार्टमेन्ट, मान्सन लिन मासिक ६०,००० येन भन्दा बढि भाडा लाग्दछ । बिद्यार्थीहरुले छात्रावासको निश्चित समयको बसाई पछि मासिक ८०,००० येन जतिको कोठा भाडामा लिएर साथी संग मिलेर बस्ने गर्दछन । कोठा भाडामा लिनको लागि भाडा सम्झौताको बेलामा कि मनि बापात २ महिनाको भाडा र डिपोजिट मनि बापतको २ महिनाको भाडा अग्रिम रुपमा बुझाउनु पर्ने प्रावधान छ । घर भाडा लिनका लागि ५—६ महिनाको घरभाडा रकमको ब्यबस्था अग्रिम रुपमा गर्दा राम्रो हुनेछ ।

कलेजको आफनै छात्रावास र सम्झौता गरिएको छात्रावास उपलब्ध छ ।
जापानमा आएर केहि महिना छात्रावासमा बस्दा जापानको बसाईको बारेमा ज्ञान प्राप्त भई ढुक्क हुन सक्नुहुनेछ ।



कलेजमा जान आउन यातायात ब्यवस्था

जापानमा काम तथा अध्ययनको लागि जान आउन ट्रेनको प्रयोग बढि मात्रामा गरिन्छ । ट्रेनको समय ठिक र प्रभावकारी हुने गर्दछ । अध्ययनका लागि ३० मिनेटको जाने आउने समयलाई सामान्य मानिन्छ । यस कलेजका बिद्यार्थीहरुले कम शुल्कको बिद्यार्थी छुट सहितको अनलिमिटेड ट्रेन पास खरिद गर्न सक्दछन ।

PAGE TOP

खाना सम्बन्धि जानकारी

आफैले पकाएर खाना खाने भएमा महिनामा ३०,००० येन देखि ५०,००० येन सम्म खाना खर्च लाग्छ । घर बाहिर रेष्टुरेन्टमा खानको लागि एक पटकमा ७०० येन जति लाग्नु सामान्य मानिन्छ ।

पार्ट टाईम जब (आंशिक समयको काम)

भिषामा लेखिए भन्दा बाहेक अन्य काम गर्नको लागि अनुमति (जुन जापानको अध्यागमन बिभागले दिन्छ ।) प्राप्त गरेको खण्डमा एक हप्तामा २८ घण्टासम्म पार्ट टाईम जब (आंशिक समयको काम) गर्न सकिन्छ । साधारणतया यस्ता काममा घण्टाको ८०० येन देखि १००० येन सम्मको पारिश्रमिक पाईन्छ । जापान आए पश्चात भाषाको बिकास र रहनसहनको जानकारी दिनको लागि ३ महिनासम्म काम गर्न निषेध गरिएको छ । त्यस्तै भाषिक ज्ञान नभएका बिद्यार्थीहरुलाई कलेजले काम नगर्नको लागि निर्देशन जारी गर्न सक्दछ ।


बिरामी, घाउ चोटपटक बारेमा

स्वास्थ्यमा कुनै अस्वभाबिक परिस्थिथि श्रृजना भएको खण्डमा तुरुन्त कलेजको रिसेप्सनमा सम्पर्क राख्नु पर्दछ । कलेजमा प्राथमिक स्वास्थ्य संग सम्बन्धि औषधीहरु सधैं उपलब्ध हुन्छन । सवै बिद्यार्थीहरुले अनिवार्य रुपमा राष्ट्रिय स्वास्थ्य बिमा (National Health Insurance) गर्नु पर्ने हुन्छ । अस्पताल जानु पर्ने अवस्था आएमा राष्ट्रिय स्वास्थ्य बिमा गराएका बिद्यार्थीहरुले कुल खर्चको ३०% खर्चमात्र ब्यहोर्नु पर्ने हुन्छ । बाँकी ७०% बिमाले ब्यहोर्दछ ।
कुनै घटना भएमा या गराएमा बैदेशिक बिद्यार्थी बिमा बाट ब्यहोरिने भएकोले ढुक्क हुन सकिन्छ । बैदेशिक बिद्यार्थी बिमा भर्ना हुने समयमा अनिवार्य रुपमा गरिन्छ ।



कलेजको चिकित्सक

यस कलेजमा चिकित्सक सधैं नबस्ने भएतापनि कलेज संग सम्बन्धित चिकित्सक हुनुहुन्छ । उहाँले आवश्यकता अनुसार कलेजमा आई औषधोपचार गर्ने गर्नुहुन्छ ।
त्यस्तै कलेजले आफनै खर्चमा सम्पुर्ण बिद्यार्थीहरुको चोटपटक बिमा गरिदिएको हुन्छ । जसका कारणले बिद्यार्थीले जापानमा निश्चिन्त भई जीवनयापन गर्न सक्छन ।

PAGE TOP