गृहपृष्ठ  >  कलेजको परिचय

यस कलेजका बारेमा

अध्यक्षको मन्तब्य

यस गाक्को होजिन च्यूओ कलेज अफ टेक्नोलोजी सन १९०९ सालमा स्थापना भए देखि हाल सम्मको करिव १०५ बर्षको अबधिमा जापानको औद्योगिक क्षेत्रको बिकासको लागि महत्वपूर्ण योगदान गर्दै आई रहेको छ ।

औद्योगिक राष्ट्रको रुपमा रहेको जापान पनि आजको २१औं शताब्दीको अन्तराष्ट्रिय गतिमा परिवर्तन उन्मूख भईरहेको अवस्था छ । यस्तो परिस्थितिमा हामी पनि अन्तर्राष्ट्रिय समुदाय संग सह अस्तित्वका साथ अगाडी बढनु पर्छ भन्ने लाग्छ ।

जापानमा आउनुहुने बिदेशीहरु बिद्यार्थीहरु र जापानीहरु घुलमिल भई एक अर्काको भावना लाई सम्मान गर्दै एक अर्काको भाषा संस्कृति, परम्परा बुझेर भबिष्यमा एक सम्मुन्नत समाज सृजना गर्न सक्नेछ भन्ने मलाई लाग्छ ।

च्यूओ कलेज अफ टेक्नोलोजीले हाल सम्मको अध्ययन अध्यापनको दौरानमा प्राप्त अनुभवका आधारमा आजको ग्लोवलाईजेशनको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्दै आईरहेको छ । त्यसलाई अझ सशक्त पार्ने पहिलो प्रयास स्वरुप यस जापानीज ल्याग्वेज स्कूल एफिलिएटेड विथ च्युओ कलेज अफ टेक्नोलोजीको स्थापना भएको हो ।

यस कलेजमा अध्ययनार्थ आउनु हुने बिदेशी बिद्यार्थीहरुले यस कलेजमा भएका प्रशिक्षण पुर्वाधार लगायत अन्य सुबिधाहरुको भरपूर उपयोग गरी गुणस्तरीय जापानी भाषा, संस्कृति, नैतिकता मार्फत अन्तर्राष्ट्रिय मुल्य मान्यता बुझने बिद्यार्थी बनेर उत्कृष्ट जनशक्तिका रुपमा समाजमा स्थापित हुनु हुनेछ भन्ने आशा राख्छु ।

गाक्को होजिन च्यूओ कलेज अफ टेक्नोलोजी  अध्यक्ष ओमोरी आचुसी

प्रिन्सिपलको मन्तब्य

जापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजी  प्रिन्सिपल मारुयामा केनईची

यस जापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजी जापानी भाषाको अध्ययन गर्ने स्थानको रुपमा मात्र नभई जापानी संस्कृति नैतिकताको पनि अध्ययन अध्यापन गर्ने स्थान हो । साथै यस कलेजले १०० बर्ष भन्दा पुरानो च्यूओ कलेज अफ टेक्नोलोजीले प्राप्त गरेको अनुभव र परम्पराको उपयोग गरी सम्पूर्ण बिद्यार्थीहरुलाई समाजमा सक्रिय एवं जिम्मेवारीपूर्ण भुमिका खेल्नको लागि उपयुक्त वातावरण सृजना गर्दै आईरहेको छ ।

बिश्वबिद्यालय तथा टेक्निकल कलेजहरुमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जापानी भाषा अध्ययन गर्ने सोच बनाईरहनु भएका बिद्यार्थीहरुले एक दिन भए पनि छिटो गुणस्तरीय तथा उपयोगी जापानी भाषा सिक्न चाहनु हुन्छ जस्तो लाग्छ । तर छोटो समयमा गुणस्तरीय जापानी भाषाको ज्ञान प्राप्त गर्नको लागि तपार्ईको कडा मेहेनतको पनि उत्तिकै जरुरी हुन्छ । यस कलेजमा सम्पूर्ण बिद्यार्थीहरुले निश्चिन्त भई जापानी भाषा अध्ययन का लागि हामी सर्वाेत्कृष्ट बातावरण तयार गरी सहयोग गर्ने छौं । आउनुहोस, तपाईंको सपना पूरा गर्नको लागि हामी साथ साथ प्रयास गरौं ।


परिचय

नामजापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजी
संस्थापकगाक्को होजिन च्यूओ कलेज अफ टेक्नोलोजी
अध्यक्षKazuhide Horiguchi
प्रिन्सिपलमारुयामा केनईचि
स्थापनासन २०१० साल अप्रिल १ तारिक (२००९ साल जुलाई १५ तारिक मा एशोसियसन फर द जापानीज ल्याग्वेज एजुकेशन बाट स्वीकृति प्राप्त)
ठेगाना४–८ हिगासी ताबाता १ च्योमे, किताकु, टोक्यो ११४–००१३ जापान
टेलिफोन०३–३८९५–१९०९
फयाक्स०३–३८९५–१९१०
भवन नम्वरच्यूओ कलेज अफ टेक्नोलोजी १२ नम्वर भवन
छात्रावासपुरुष छात्रावास (ओजी छात्रावास)
७ तल्ले कंक्रिट भवन, क्षमता १५० जना
४–२५–१८ ओजी, किताकु, टोक्यो जापान ११४–०००२

महिला छात्रावास (कुवादोराङगुरु सिमो सिमो छात्राबास)
५ तल्ले कंक्रिट भवन, क्षमता १५० जना
३–३–३ सिमो, किताकु, टोक्यो जापान ११५–००४२

पुरुष महिला छात्राबास (लिबर्टि ओमिया)
५ तल्ले कंक्रिट भवन
१००–१६ मियाहारा २ च्योमे, किताकु, साइतामा सि, साइतामा केन जापान ३३१–०८१२
प्रशिक्षण
सुबिधा
मिनामीगाओका कुराबु
१०५२–७३ मिनामीगाओका, कारुईजावाच्यो, कितासाकुगुन, नागानो केन जापान ३८९–०१०२
कारुइजावा प्रशिक्षण स्थल
प्रयोगात्मक निर्माण स्थल
सानगोस्यो
मिनामीगाओका संग्राहलय
जापानी चियाको प्रशिक्षण स्थल मिनामी आकाचुकी

PAGE TOP

ईतिहास

सन १९०९टोक्यो सी, कान्दाकु, हितोचुबासीदोरी माची २०बान्ची मा च्यूओ कलेज अफ टेक्नोलोजी को स्थापना
सन १९४५दोश्रो बिश्वयुद्धको कारणले सम्पुर्ण भौतिक संरचना ध्वस्त भएको कारण टोक्यो इम्पेरियल युनिभर्सिटि फयाकल्टी अफ ईन्जिनियरिङ्गको अस्थायी भवनमा स्थानान्तरण भई अध्यापन सुचारु
सन १९५२शिवुयाकु, योयोगी तोमीगायामा अवस्थित मेईक्यो गाकुएन (हाल तोकाई युनिभर्सिटी) मा अस्थाई रुपमा कक्षा संचालन । बिश्व युद्ध पश्चात पुर्ननिर्माणको पहिलो कदम
सन १९५६किताकु, कोमागोमेमा नयाँ भवन निर्माण सम्पन्न, उदघाटन
सन १९६०करेस्पोन्डेन्ट कोर्ष डिपार्टमेन्टको स्थापना
vसन १९६२ओजीमा नयाँ भवन उदघाटन (३ नम्वर भवन)
सन १९६३च्युओ कलेज अफ टेक्नोलोजी फाउण्डेशन करेस्पोन्डेन्ट एजुकेशनको स्थापना
सन १९६४गाक्को होजीन (एजुकेशनल कर्पाेरेशन) च्युओ कलेज अफ टेक्नोलोजी को रुपमा मान्यता प्राप्त
सन १९७५च्यूओ कलेज अफ टेक्नोलोजी ओसाका कार्यालयको स्थापना
सन १९७६ब्यावसायिक प्रणलीलाई अंगिकार गर्दै च्यूओ कलेज अफ टेक्नोलोजी लाई ब्याबसायिक तालिम कलेजका रुपमा मान्यता प्राप्त
सन १९८०च्यूओ कलेज अफ टेक्नोलोजी ओसाका कार्यालयलाई च्यूओ कलेज अफ टेक्नोलोजी ओसाका मिसेलेनियस स्कुलमा रुपान्तर (ओसाका प्रिफेक्चरबाट मान्यता प्राप्त)
सन १९८६ब्याबसायिक प्रणाली अन्तर्गत च्यूओ कलेज अफ टेक्नोलोजी ओसाका ब्याबसायिक कलेजका रुपमा प्रारम्भ । साबिकको नाम परिवर्तन गरि च्यूओ जिचुमु सेन्मोन गाक्को कायम ।
सन १९९३एक्ट इन्फरमेशन बिजिनेस कलेजको स्थापना
सन २००३च्यूओ एनिमल कलेजको स्थापना
सन २००४च्यूओ कलेज अफ टेक्नोलोजीको ईतिहास संग्राहलयको स्थापना
सन २००६)च्यूओ जिचुमु सेन्मोन गाक्कोको नाम परिवर्तन भई च्यूओ कलेज अफ टेक्नोलोजी ओसाकामा मा रुपान्तरण
सन २००७एक्ट ईन्फर्मेशन बिजिनेश कलेजको नाम परिवर्तन गरि एक्ट ईन्फर्मेशन एण्ड स्पोर्टस कलेज कायम ।
सन २००९जापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजी लाई द एसोसियसन फर द प्रमोशन अफ जापानीज ल्याङग्वेज एजुकेशनबाट मान्यता प्राप्त । साथै टोक्यो मेट्रोपोलिटन गभर्नर बाट मान्यता प्राप्त ।
सन २०१० जापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजीको संचालन प्रारम्भ ।
च्यूओ कलेज अफ टेक्नोलोजी ओसाका जापानीज ल्याङग्वेज डिपार्टमेन्टको संचालन प्रारम्भ ।
सन २०१४ जापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजीमा बार्षिक चार पटक बिद्यार्थी भर्ना लिने प्रणाली अनुमोदित ।
च्यूओ कलेज अफ टेक्नोलोजी ओसाका जापानीज ल्याङग्वेज डिपार्टमेन्टको १ बर्षे कोर्ष २ बर्षीय कोर्षमा परिवर्तन ।

PAGE TOP