गृहपृष्ठ  >  प्रश्नोत्तर

जापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजी क्यु एण्ड ए

भर्ना सम्बन्धमा

Q1
कहिले भर्ना हुन सकिन्छ ?
Q2
भर्ना हुनको लागि के के आवश्यक छ ?
Q3
भर्ना हुनको लागि उमेरको हदबन्दि छ कि छैन ?
Q4
कसरी भर्नाको लागि आवेदन दिन सकिन्छ ?
Q5
छनौट शुल्क भन्नाले के बुझिन्छ ?
Q6
सर्टिफिकेट अफ ईलिजिबीलिटीको नतिजा प्रकाशन हुन कति समय लाग्छ ?
Q7
छात्राबासको ब्यबस्था छ कि छैन ? कलेजबाट छात्रावास जान कति समय लाग्छ ?
Q8
रुम मेट कसरि निर्धारण गर्ने हो ?
Q9
रुम मेट संगको सम्बन्ध नराम्रो भएको खण्डमा कोठा परिवर्तन गर्न सकिन्छ कि सकिदैन ?
Q10
प्रश्न नं.१० छात्रावासमा रहँदा जापानी बिद्यार्थी संग अन्तक्रिया गर्ने अवसर हुन्छ कि हुदैन ?
Q11
आफैले कोठा खोजेर घर भाडा सम्झौता गर्दा कलेज ग्यारेन्टर बस्छ कि बस्दैन ?
Q12
ट्रेनको कम्युटर पास (अनलिमिटेड यात्रा गर्ने पास) बनाउन सम्भव छ कि छैन ?
Q13
अल्पकालिन र दिर्घकालीन कोर्षका लागि भिषा नबिकरण गर्ने बिधी जान्न चाहन्छु । के म आफैले भिषा नबिकरण गर्न सक्छु ?
Q14
अल्पकालीन तथा दिर्घकालीन कोर्षका लागि कुन बेलामा जापान आउन सकिन्छ ?
Q15
केहि बर्ष अघि अर्कै जापानी भाषा स्कुलमा भर्ना भई एक बर्ष जापानी भाषा अध्ययन गरेको थिए । अव एक बर्ष अध्ययन जापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजी मा अध्ययन गर्न चाहन्छु । के यो सम्भव हुन्छ ?

कलेज तथा जापानको जीवन शैलीको सम्बन्धमा

Q1
भर्ना भए पश्चात कक्षाको बर्गिकरण र निर्धारण कसरी हुन्छ ?
Q2
एक दिनमा कति घण्टा जति कक्षा संचालन हुन्छ ?
Q3
के कक्षामा जापानी भाषा मात्र प्रयोग गरिन्छ ? पढाइने माध्याम जापानी भाषा मात्रै हो ?
Q4
एउटा कक्षामा कति जना जति बिद्यार्थीहरु रहन्छन ?
Q5
के प्रत्येक कक्षामा कक्षा शिक्षक हुने गर्दछ ?
Q6
कक्षा परिवर्तन कति महिनाकौ अन्तरालमा हुने गर्दछ ?
Q7
पाठयसामाग्रीको रुपमा कुन कुन सामाग्रीको प्रयोग गरिन्छ ?
Q8
कलेजमा परिक्षा संचालन हुन्छ कि हुदैन ? (सानो परिक्षा, मध्यम परिक्षा, खान्जी परिक्षा)
Q9
जापानीज ल्याङग्वेज प्रोफिसिएन्सी टेष्ट तथा इजेयु टेष्टको लागि आफैले आवेदन गर्ने हो कि कलेजले गरिदिन्छ ?
Q10
यस कलेजमा कुन चाँहि क्षेत्र, राष्ट्रका बिद्यार्थीहरु बढि छन ?
Q11
छात्रबृत्तिको ब्यवस्था छ कि छैन ? छात्रबृत्तिको लागि कहिले आवेदन दिन सकिन्छ ?
Q12
उच्च अध्ययनको लागि के कस्ता तयारी गरेमा राम्रो हुन्छ ?
Q13
पार्ट टाईम जब (आंशिक समयको काम) गर्न सकिन्छ ?
Q14
प्रयोगशालाको ब्यवस्था छ कि छैन ?
Q15
दिउसो को खाना के गर्दा राम्रो हुन्छ ?
Q16
एक महिनाको लिभिङ्ग कस्ट (आफनो मासिक खर्च) कति जति लाग्छ ?

बिबिध सम्बन्धमा

Q1
कलेजको कुनै कोर्षमा भर्ना भई ६ महिनाको अध्ययन पश्चात बिचमा नै छोडेर आफनो देश फर्कनु पर्ने अवस्था आएमा कलेजबाट प्रमाणपत्र पाईन्छ कि पाइदैन ?
Q2
कलेज बाट कुनै कागजात या प्रमाणपत्र लिन परेमा कति समय लाग्छ ?
Q3
आफनो देश फर्के पश्चात अध्ययन पुरा भएको प्रमाणपत्र प्राप्त गर्नको लागि के गर्न पर्छ ? (प्रकाशन शुल्क आदि)
Q4
यस कलेजमा ३ महिना भन्दा कम समयका लागि पनि अध्ययन गर्न सकिन्छ ?
Q5
कलेजमा जापानीहरु संग अन्तरक्रियाको अवसर धेरै हुन्छ ?
Q6
कलेजले जापानी भाषाका अतिरिक्त अरु भाषा (बिदेशी भाषा) हरुमा पनि सुचना उपलब्ध गराउछ कि गराउदैन ?
Q7
अहिले अध्ययनरत बिद्यार्थीहरुको राष्ट्रियताको प्रतिशत कस्तो रहेको छ ?
Q8
कलेजले पार्ट टाईम जब (आंशिक समयको काम) लगाई दिन्छ कि दिदैन ?

भर्ना सम्बन्धमा

Q1
कहिले भर्ना हुन सकिन्छ ?

यस कलेजले दिर्घकालीन कोर्षका लागि बर्षको ४ पटक (अप्रिल, जुलाई, अक्टोवर र जनवरी सेसनमा) भर्ना लिइन्छ । भर्नाको लागि आवेदन दिने समय अप्रिल सेसनको लागि अघिल्लो बर्षको नोभेम्वर सम्ममा, जुलाई सेसनको लागि मार्चसम्ममा, अक्टोवर सेसनको लागि मे सम्ममा र जनवरी सेसनको लागि सेप्टेम्बर सम्ममा आवेदन दिनु पर्दछ । त्यसैले समयमा नै उचित परामर्श तथा कागजपत्रहरुको तयारीको आवश्यक पर्दछ । भर्ना हुन चाहेको छ महिना अघि सम्ममा तपाईको आवश्यक कागज पत्रहरु कलेजमा आई पुग्नु पर्दछ । जनवरी सेसनको लागि भने बिद्यार्थीको लेभल हेरेर भर्ना नलिइन पनि सकिन्छ ।
अल्पकालीन कोर्ष साधारणतया बर्षको ४ पटक (अप्रिल, जुलाई, अक्टोवर र जनवरी) गरी ३ ३ महिनाको लागि संचालन गरिन्छ । भर्ना हुने बेलामा बिद्यार्थीको क्षमता हेरी कक्षा तय गरिन्छ । त्यसैले भर्ना हुनु भन्दा पहिला नै सम्पर्क गरी सल्लाह गर्नुहोस ।
३ महिना भन्दा कम अवधिको अध्ययनका लागि कलेजमा सम्पर्क गर्नुहोस ।

↑PAGE TOP

Q2
भर्ना हुनको लागि के के आवश्यक छ ?

आवश्यक कागज पत्र तथा प्रमाणपत्रहरु का लागि भर्ना फारम हेर्नुहोस । तर, बिद्यार्थीहरुको राष्ट्र तथा बिद्यार्थीको अवस्था हेरी केहि फरक पर्न सक्नेछ । यसका वारेमा केहि अस्पष्ट भएमा कलेजमा सल्लाह गर्नुहोस ।
अल्पकालीन कोर्षका लागि १ भर्ना फारम २ पासपोर्टको प्रतिलिपि ३ पासपोर्ट साइज फोटो ४८ ३ सीएम आवश्यक पर्दछ ।

↑PAGE TOP

Q3
भर्ना हुनको लागि उमेरको हदबन्दि छ कि छैन ?

दिर्घकालीन कोर्षका लागि नियमानुसार ३० बर्ष भन्दा कम उमेरका बिद्यार्थी हुनु पर्दछ । कुनै संकाय उत्तीर्ण गरी ५ बर्ष भन्दा ननाघेको बिद्यार्थी हुनु पर्दछ । बिद्यार्थीको अवस्था बस्तुस्थिती हेरी यो शर्त लागु नहुन पनि सक्छ । कुनै निश्चित समयमा अध्ययन पुरा हुने बिद्यार्थीहरुले पनि सम्पर्क गर्नु होस ।

↑PAGE TOP

Q4
कसरी भर्नाको लागि आवेदन दिन सकिन्छ ?

दिर्घकालीन कोर्षको लागि आवेदन दिन सम्भव छ कि छैन भनी निर्धारण गरि सके पछि आवश्यक कागजपत्र तयार गरी यस कलेजले निर्धारण गरेको समयसीमा सम्ममा कागज पत्र पेश गर्नुहोस । कागजपत्रको उचित परिक्षण पश्चात कलेजले जापानको अध्यागमनमा पेश गर्नेछ । आवेदन दिने सेसन, क्षेत्र अनुसार फरक पर्न सक्छ । आवेदन दिने समयका बारेमा बिस्तृतमा जानकारी प्राप्त गर्नको लागि होमपेज वा गाईडलाईन्स फर एप्लिकेशन हेर्नुहोस ।

↑PAGE TOP

Q5
छनौट शुल्क भन्नाले के बुझिन्छ ?

छनौट शुल्क भन्नाले भर्नाको आवेदन दिने समयमा तिर्नु पर्ने शुल्क हो । यो शुल्क बिद्यार्थीद्वारा पठाइएको कागजपत्रको परिक्षण तथा सर्टिफिकेट अफ ईलिजिबिलिटिको लागि आवेदन गर्नको लागि लिइन्छ । छनौट शुल्क २०,००० येन निर्धारण गरिएको छ । यो शुल्क फिर्ता हुदैन ।

↑PAGE TOP

Q6
सर्टिफिकेट अफ ईलिजिबीलिटीको नतिजा प्रकाशन हुन कति समय लाग्छ ??

जापानको अध्यागमन बिभागमा आवश्यक कागजपत्रहरु पेश गरि सके पछि सर्टिफिकेट अफ ईलिजिबिलिटिको प्रकाशन हुनको लागि करिब ३ महिना पछि वा भर्ना हुने सेसनको करिव १ महिना अघि प्रकाशन गरिन्छ । जापानको अध्यागमन बिभागबाट सर्टिफिकेट अफ ईलिजिबिलिटि प्रकाशित भई सके पछि आफनो देशमा रहेको जापानी दुतावासमा भिषाको लागि आवेदन गर्नु पर्ने हुन्छ ।

↑PAGE TOP

Q7
छात्राबासको ब्यबस्था छ कि छैन ? कलेजबाट छात्रावास जान कति समय लाग्छ ?

यस कलेजले आफैले छात्रावासको संचालग गरिआएको छ । पुरुष छात्रावास महिला छात्रावासमा एक जना बस्न मिल्ने, दुई जना बस्न मिल्ने किसिमको ब्यवस्था छ भने पुरुष, महिला दुवै बस्न मिल्ने वनरुम टाईप कोठाहरु पनि उपलब्ध रहेका छन ।
पुरुष छात्रावास बाट कलेज सम्म १९ मिनेट, महिला छात्रावासबाट २२ मिनेट र वनरुम टाईप छात्रावास बाट ५३ मिनेट जति समय लाग्छ । छात्रावासको कोठाहरुको संख्या निश्चित हुने हुनाले ईच्छुक बिद्यार्थीहरुले पुर्ब सुचना दिनु पर्ने हुन्छ । さい。

↑PAGE TOP

Q8
रुम मेट कसरि निर्धारण गर्ने हो ?

२ जना बस्न मिल्ने कोठाको लागि ईच्छुक बिद्यार्थीहरुको आवेदन अनुशार निर्धारण गरिन्छ । साधारणतया आफुले चाहे अनुसार रुममेट उपलब्ध गराउन सकिदैन ।

↑PAGE TOP

Q9
रुम मेट संगको सम्बन्ध नराम्रो भएको खण्डमा कोठा परिवर्तन गर्न सकिन्छ कि सकिदैन ?

साधारणतया छात्रावासमा रहेका बिद्यार्थीहरुको कुनै कारणले कोठा परिवर्तन गर्न सकिदैन ।

↑PAGE TOP

Q10
प्रश्न नं.१० छात्रावासमा रहँदा जापानी बिद्यार्थी संग अन्तक्रिया गर्ने अवसर हुन्छ कि हुदैन ?

छात्रावासको प्रयोग जापानी बिद्यार्थीहरुले पनि गर्ने गर्दछन । महिला पुरुष दुबै बस्न मिल्ने छात्रावास बाहेक अन्यमा जापानी बिद्यार्थीहरु संग पनि अन्तरक्रिया गर्नको लागि छात्रावास प्रवेश समारोह, बार्वेक्यु पार्टिहरु पनि संचालन गरिन्छन ।

↑PAGE TOP

Q11
आफैले कोठा खोजेर घर भाडा सम्झौता गर्दा कलेज ग्यारेन्टर बस्छ कि बस्दैन ?

छात्रावास बाहेक अरु कुनै स्थानमा आफैले सम्झौता गर्नु पर्दा कलेज ग्यारेटर बस्दैन ।

↑PAGE TOP

Q12
ट्रेनको कम्युटर पास (अनलिमिटेड यात्रा गर्ने पास) बनाउन सम्भव छ कि छैन ?

दिर्घकालीन बिद्यार्थीहरुले ट्रेनको कम्युटर पास (अनलिमिटेड यात्रा गर्ने पास) बनाउन सक्नुहुन्छ ।
जसलाई जापानीमा चुगाकु तेइकिकेन भनिन्छ । यस्ता पास १ महिना, ३ महिना र ६ महिनाको लागि बनाउन सकिन्छ ।

↑PAGE TOP

Q13
अल्पकालिन र दिर्घकालीन कोर्षका लागि भिषा नबिकरण गर्ने बिधी जान्न चाहन्छु । के म आफैले भिषा नबिकरण गर्न सक्छु ?

अल्पकालिन र दिर्घकालीन कोर्षका लागि भिषा नबिकरण गर्ने बिधी जान्न चाहन्छु । के म आफैले भिषा नबिकरण गर्न सक्छु ?

↑PAGE TOP

Q14
अल्पकालीन तथा दिर्घकालीन कोर्षका लागि कुन बेलामा जापान आउन सकिन्छ ?

सर्ट टर्म भिषामा बढिमा ९० दिन जापानमा बस्न सकिन्छ तर दिर्घकालीन बिद्यार्थीहरुका लागि भर्ना हुने समय अनुसार जापान आउने समय फरक पर्ने भएकोले आउने सेसनका बारेमा सोच्नुहोस ।

↑PAGE TOP

Q15
प्रकेहि बर्ष अघि अर्कै जापानी भाषा स्कुलमा भर्ना भई एक बर्ष जापानी भाषा अध्ययन गरेको थिए । अव एक बर्ष अध्ययन जापानीज ल्याङग्वेज स्कुल एफिलिएटेड विथ च्यूओ कलेज अफ टेक्नोलोजी मा अध्ययन गर्न चाहन्छु । के यो सम्भव हुन्छ ?

जापानमा रहेका जापानी भाषाका बिद्यालयहरुमा बढिमा २ बर्ष अध्ययन गर्न सकिने भएकोले अर्काे एक बर्ष अध्ययन गर्न सकिन्छ ।

↑PAGE TOP

कलेज तथा जापानको जीवन शैलीको सम्बन्धमा

Q1
भर्ना भए पश्चात कक्षाको बर्गिकरण र निर्धारण कसरी हुन्छ ?

भर्ना भई सके पश्चात बिद्यार्थीको लेभल टेष्ट गरंी बिगिनर लेभल, ईन्टरमेडियट लेभल, अपर ईन्टरमेडियत लेभल र एडभान्स्ड लेभलमा बाडिन्छ । लिखित र मौखिक परिक्षा गरी लेभल टेष्ट लिइन्छ । पहिलो पटक जापानी भाषा पढने बिद्यार्थीहरुका लागि भाषा पढनुको उद्देश्य र समयलाई मध्यनजर गरी कक्षा दिइन्छ । खान्जी प्रयोग नगर्ने देशहरुबाट आएका बिद्यार्थीहरुका लागि पनि छुट्टै बिषेश कक्षाको ब्यबस्था पनि गरिएको हुन्छ ।

↑PAGE TOP

Q2
एक दिनमा कति घण्टा जति कक्षा संचालन हुन्छ ?

कक्षाको अवधि एक दिनमा ४ घण्टा गरी अप्रिल सेसनमा १६०० घण्टा, जुलाई सेसनमा १४०० घण्टा, अक्टोबर सेसनमा १२०० घण्टा र जनवरी सेसनमा १००० घण्टा अध्यापन गराईन्छ । बिहानको सिफट ९ बजे देखि १२:३० बजेसम्म र दिउँसोको सिफट १३:३० बजे देखि १७:०० बजेसम्म हुन्छ ।

↑PAGE TOP

Q3
के कक्षामा जापानी भाषा मात्र प्रयोग गरिन्छ ? पढाइने माध्याम जापानी भाषा मात्रै हो ?

साधारणतया जापानी भाषाको माध्यमबाट मात्र कक्षा संचालन गरिन्छ । नियमानुसार अन्य भाषाहरुको प्रयोग गरिदैन तर खान्जी प्रयोग नगरिने मुलुकहरुवाट आएका बिद्यार्थीहरुको लागि अंग्रजी भाषाबाट बुझाउन पर्ने हुन सक्छ । धेरै देशका बिद्यार्थीहरु अध्ययनरत रहेका कारणले छुट्टीको समयमा पनि एक अर्का संग पनि जापानी भाषामा नै कुराकानी गर्ने गर्नुहोस ।

↑PAGE TOP

Q4
एउटा कक्षामा कति जना जति बिद्यार्थीहरु रहन्छन ?

एउटा कक्षामा बढिमा २० जना बिद्यार्थी रहन्छन ।

↑PAGE TOP

Q5
के प्रत्येक कक्षामा कक्षा शिक्षक हुने गर्दछ ?

प्रत्येक कक्षामा कक्षा शिक्षक वा शिक्षिका रहनुहुन्छ । प्रायश २ जना शिक्षक शिक्षिकाहरुले संचालन गरी प्रत्येक बिद्यार्थीहरुको रेखदेख र सहयोग गर्ने गर्दछन । त्यसैले कुनै समस्या आई परेमा बिना संकोच आफनो कक्षा शिक्षक शिक्षिका संग सल्लाह गर्नुहोस ।

↑PAGE TOP

Q6
कक्षा परिवर्तन कति महिनाकौ अन्तरालमा हुने गर्दछ ?

कक्षाको परिवर्तन ६ ६ महिनाको अन्तरालमा हुने गर्दछ । त्यसबाहेक शिक्षक शिक्षिकाले आवश्यकता अनुशार कक्षा परिवर्तन गर्न पनि सक्छन । तर कुनै एक बिद्यार्थीले चाहे अनुशार कक्षा परिवर्तन गर्न सम्भव हुदैन ।

↑PAGE TOP

Q7
पाठयसामाग्रीको रुपमा कुन कुन सामाग्रीको प्रयोग गरिन्छ ?

बिगिनर्स लेभलका लागि निहोनगो स्योक्यू दाइची, ईन्टरमेडियटका लागि बुन्खा च्यूक्यू निहोनगो १ २ भनिने पाठयपुस्तक प्रयोग गरिन्छन । साथै जापानीज ल्याङग्वेज प्रोफिसिएन्सी टेष्टको एन ३ देखि एन १ सम्मका लागि प्रयोग गरिने पाठयसामाग्री उपयोग गरिन्छ । त्यसका अतिरिक्त कक्षाको क्षमता, बिद्यार्थीको चाहाना बमोजिम बिभिन्न प्रकारका सुनाई, निबन्ध लेखन आदिका लागि अतिरिक्त पाठयसामाग्रीहरुको पनि प्रयोग गरिन्छ ।

↑PAGE TOP

Q8
कलेजमा परिक्षा संचालन हुन्छ कि हुदैन ? (सानो परिक्षा, मध्यम परिक्षा, खान्जी परिक्षा)

बिगिनर्स लेभलका कक्षाका लागि प्रत्येक ६ लेशनको अन्त्यमा र ईन्टरमेडियट, अपर ईन्टरमेडियट र एडभान्स्ड लेभलका कक्षाहरुमा प्रत्येक लेशनको अन्त्यमा ठुलो परिक्षाहरु लिईन्छ । त्यस बाहेक दैनिक रुपमा खान्जी परिक्षा, शब्दावली परिक्षा जस्ता साना परिक्षाहरु संचालन गरिन्छन । त्यस्तै ६ महिनाको अन्त्यमा कक्षा परिवर्तनका लागि पनि परिक्षा संचालन गरिन्छ ।

↑PAGE TOP

Q9
जापानीज ल्याङग्वेज प्रोफिसिएन्सी टेष्ट तथा इजेयु टेष्टको लागि आफैले आवेदन गर्ने हो कि कलेजले गरिदिन्छ ?

जापानीज ल्याङग्वेज प्रोफिसिएन्सी टेष्टका लागि अध्ययनरत बिद्यार्थीहरुका तर्फबाट कलेजले एकै पटक आवेदन दिन्छ तर ईजेयुका लागि प्रत्येक बिद्यार्थीहरुले स्वयं आवेदन दिनुपर्नेछ । आवेदन दिने तरिका, फारम भर्ने तरिकाको बारेमा कलेजले सहयोग गर्नेछ ।

↑PAGE TOP

Q10
यस कलेजमा कुन चाँहि क्षेत्र, राष्ट्रका बिद्यार्थीहरु बढि छन ?

एसियाली देशहरुवाट आउनु भएका बिद्यार्थीहरु धेरै हुनुहुन्छ । चीन, नेपाल, ताईवान, भारत, फिलिपिन्स, म्यानमार, क्यानाडाबाट आउनु भएका बिद्यार्थीहरु अध्ययनरत हुनुहुन्छ । (२०१४ अप्रिल)

↑PAGE TOP

Q11
छात्रबृत्तिको ब्यवस्था छ कि छैन ? छात्रबृत्तिको लागि कहिले आवेदन दिन सकिन्छ ?

कक्षामा बिद्यार्थीको ब्यहोरा, परिक्षाको परिणाम, हाजिरी प्रतिशतमा उत्कृष्ट हुने बिद्यार्थीहरु मध्येबाट छनौट गरी छात्रबृत्ति प्रदान गर्ने ब्यवस्था रहेको छ । छनौट प्रत्येक ३ महिनामा हुनेछ । छात्रबृत्ति कार्यक्रम दिर्घकालीन कोर्षका बिद्यार्थीहरुका लागि मात्र लागु हुनेछ । उत्कृष्ट परिणाम प्राप्त गरेका बिद्यार्थीहरुको तर्फबाट ३ जना सम्मले छात्रबृत्ति पाउन सक्नु हुन्छ । छात्रबृत्ति रकम र बिद्यार्थी संख्या परिवर्तन हुन सक्नेछ ।

↑PAGE TOP

Q12
उच्च अध्ययनको लागि के कस्ता तयारी गरेमा राम्रो हुन्छ ?

उच्च अध्ययन गर्न चाहने बिद्यार्थीहरुका लागि गाइडान्स उपलब्ध गराइने छ । गाइडान्समा सहभागी भई उच्च अध्ययनको उद्देश्य लगायतका बिषयमा सम्बन्धित शिक्षक शिक्षिकाहरु संग सल्लाह गर्न सक्नुहुन्छ । सम्बन्धित शिक्षक शिक्षिकाहरुले उपयुत्त: शैक्षिक संस्थाको छनौट तथा आवश्यक कागज पत्रहरुको तयारीका बारेमा बिस्तृतमा बताई सहयोग गर्नुहुनेछ । उच्च अध्ययनको तयारीका लागि उत्तीर्ण नहुन्जेल परामर्श, मार्गदर्शन गर्नुहुनेछ ।

↑PAGE TOP

Q13
पार्ट टाईम जब (आंशिक समयको काम) गर्न सकिन्छ ?

भिषामा लेखिए भन्दा फरक क्रियाकलाप गर्न पाउने स्वीकृती प्राप्त गरेमा हप्ताको २८ घण्टासम्म पार्ट टाईम जब (आंशिक समयको काम) गर्न सकिन्छ । भिषामा लेखिए भन्दा फरक क्रियाकलाप गर्नको लागि जापान प्रबेश गर्ने बेलामा एयरपोर्टमा आवेदन दिने वा केहि समय पछि अध्यागमन बिभागमा गएर आवेदन दिन सकिन्छ । अध्ययन लाई कुनै बाधा हुन नदिनको लागि जापान प्रबेश गरे लगत्तै काम नगर्नको लागि निर्देशन दिइन्छ । जापानको बस्तु स्थिती रहनसहन बुझिसकेपछि ३ महिना पछि जापानी भाषा बिकास बिस्तार हुने उद्देश्यले पार्ट टाइम जब गर्न सक्नुहुन्छ ।

↑PAGE TOP

Q14
प्रयोगशालाको ब्यवस्था छ कि छैन ?

प्रयोगशालाको ब्यवस्था छ । कलेज संचालन हुने बेला, बिहान १२:३० देखि १७:०० सम्म, ९:३० देखि १३:०० बजे सम्म प्रयोग गर्न सक्छन । (लामो बिदाको समयमा १०:०० देखि १७:०० बजे सम्म उपयोग गर्न सकिन्छ ।)

↑PAGE TOP

Q15
दिउसो को खाना के गर्दा राम्रो हुन्छ ?

कलेज परिसर मा नै दिउसोको खाना बिक्रि बितरण गर्ने ब्यवस्था छ । साथै कलेज नजिकै सुपरमार्केट, कन्भिनियन्स स्टोर र रेष्टुरेन्टहरु पनि रहेका छन । कलेजमा राखिएको माइक्रोवेभ ओभनमा किनेर ल्याएको खाना वा आफुले पकाएर ल्याएको खाना तताई हलमा बसेर खान सकिन्छ ।
कलेज परिसरमा बिक्रि गरिने खाना शुल्क
दोन्बुरी ३९० येन (ठुलो ४४० येन), डेली लन्च ३९० येन, करी राईस ३६० येन (ठुलो ४१० येन) आदि
कलेजमा राखिएको हट पट र भाँडा धुने ठाँउको पनि प्रयोग गर्न सकिन्छ ।

↑PAGE TOP

Q16
एक महिनाको लिभिङ्ग कस्ट (आफनो मासिक खर्च) कति जति लाग्छ ?

एक महिनाको लिभिङ्ग कस्ट १००,००० देखि १५०,००० येन सम्म पर्दछ । जस्तै: ग्याँस बिजुली सहितको घरभाडा ४०,००० देखि ७०,००० येन, खाना खर्च २०,००० देखि ३०,००० येन, मोवाइल फोन शुल्क ५,००० येन, यस बाहेकको पकेट खर्च २०,००० देखि ३०,००० येन)

↑PAGE TOP

बिबिध सम्बन्धमा

Q1
कलेजको कुनै कोर्षमा भर्ना भई ६ महिनाको अध्ययन पश्चात बिचमा नै छोडेर आफनो देश फर्कनु पर्ने अवस्था आएमा कलेजबाट प्रमाणपत्र पाईन्छ कि पाइदैन ?

यस्तो अवस्थामा ग्राजुएसन सर्टिफिकेट दिन मिल्दैन तर पढि सकेको घण्टा बराबरको प्रमाण पत्र दिन सकिन्छ ।

↑PAGE TOP

Q2
कलेज बाट कुनै कागजात या प्रमाणपत्र लिन परेमा कति समय लाग्छ ?

सामान्यतया कुनै कागजात या प्रमाणपत्रको लागि निबेदन दिएको मितिबाट तेश्रो दिनमा दिइन्छ । कागजपत्र प्रकाशन गर्नको लागि समय लाग्ने हुनाले आवश्यक पर्ने बिद्यार्थीहरुले छिटो निबेदन दिनु पर्दछ ।

↑PAGE TOP

Q3
आफनो देश फर्के पश्चात अध्ययन पुरा भएको प्रमाणपत्र प्राप्त गर्नको लागि के गर्न पर्छ ? (प्रकाशन शुल्क आदि)

टेलिफोनबाट खबर गरेमा मात्र प्रकाशन गर्न सकिने छ । त्यसका लागि सम्बन्धित बिद्यार्थी हो कि होइन भनी परिक्षण गरिने छ । कागजपत्र प्रकाशनका लागि बिद्यार्थी स्वयंले शुल्क ब्यहोर्नु पर्दछ । प्रकाशन शुल्क, हुलाक शुल्क, पैसा पठाउँदाको बैंकको कमिशन सहितको कुल शुल्क प्राप्त भए पश्चात कलेजले उल्लेखित कागजपत्र प्रकाशन गर्दछ ।

↑PAGE TOP

Q4
यस कलेजमा ३ महिना भन्दा कम समयका लागि पनि अध्ययन गर्न सकिन्छ ?

अल्पकालीन कोर्षका लागि ३ महिना भन्दा कम समयका लागि पनि अध्ययन गर्न सकिन्छ । कक्षा र लेभलको बारेमा कलेजमा पहिले नै सल्लाह गर्न आवश्यक पर्दछ ।

↑PAGE TOP

Q5
कलेजमा जापानीहरु संग अन्तरक्रियाको अवसर धेरै हुन्छ ?

बिभिन्न देशका खाना परिकारहरु पकाई जापानीहरुलाई आमन्त्रण गरी अन्तरक्रियात्मक कार्यक्रमहरु ग्रिन्छ ।

↑PAGE TOP

Q6
कलेजले जापानी भाषाका अतिरिक्त अरु भाषा (बिदेशी भाषा) हरुमा पनि सुचना उपलब्ध गराउछ कि गराउदैन ?

नेपाली, अंग्रजी, कोरियाली, चीनीयाँ भाषा बोल्न सक्ने कर्मचारीहरु उपलब्ध हुनुहुन्छ ।

↑PAGE TOP

Q7
अहिले अध्ययनरत बिद्यार्थीहरुको राष्ट्रियताको प्रतिशत कस्तो रहेको छ ?

दिर्घकालीन कोर्षमा अध्ययनरत बिद्यार्थीहरु चिनियाँ ७२%, ताइवानी १०%, नेपाली १७%, फिलिपिनो १% रहेका छन । (२०१४ फेब्रुअरी)

↑PAGE TOP

Q8
कलेजले पार्ट टाईम जब (आंशिक समयको काम) लगाई दिन्छ कि दिदैन ?

पार्ट टाईम जब सम्बन्धि सुचनाहरु प्रदान गरिन्छ तर बिद्यार्थी स्वयंको जापानी भाषाको क्षमतामा भर पर्ने हुन्छ । साथै कामको प्रकार, काम गर्ने घण्टा, पारिश्रमिक, काम गर्ने समय आदि आफनो चाहाना अनुसार हुन्छ कि हुदैन भन्ने कुरा थाहा हुँदैन । जापानको रहनसहन आदिका बारेमा प्रश्न नं १३ हेर्नुहोस ।

↑PAGE TOP

PAGE TOP